एनसेल र रियलमीको नयाँ सहकार्यः रियलमी सी ७५ किन्दा डाटा र निःशुल्क टकटाइम

शुक्रबार, १९ बैशाख २०८२, ११ : ५०

काठमाडौं— एनसेल र स्मार्टफोन ब्राण्ड रियलमीले “न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी” नामक विशेष योजना सार्वजनिक गरेको छ । 

टेक्नोलोजी र कनेक्टिभिटीको राम्रो मिलन गराउने उद्देश्यसहित ल्याइएको यो अफर निकै उपयोगी बन्न सक्छ ।

यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि निःशुल्क प्राप्त गर्नेछन्। फोर जी र भोल्टको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो ।

नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ । यसको ८+१२८ जिबीको लागि मूल्य रु.२६,९९९ र ८+२५६ जिबीको लागि रु.२९,९९९ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ । साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलोर झट्काबाट सुरक्षित हुन्छ । वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हो।

७ दिनका लागि मान्य हुने यो अफर देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत उपलब्ध हुनेछ ।
 

शुक्रबार, १९ बैशाख २०८२, ११ : ५०

प्रतिक्रिया