काईयी एक्सचेन्ज कर्निभल २०८२ सुरु हुँदै

शुक्रबार, १९ बैशाख २०८२, १६ : २९

काठमाडौं– लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सको संयुक्त आयोजनामा काईयी नेपालले “काईयी एक्सचेन्ज कर्निभल २०८२” को भव्य सुरुवात घोषणा गरेको छ।

वैशाख २६ गतेदेखि २८ गतेसम्म (२०२५ मे ९–११) थापाथलीमा (काईयी शोरूम नजिक र हुन्डाई शोरूमको सिधा अगाडि) आयोजना हुने यस कार्यक्रमले विद्युतीय सवारी साधनहरूमा अपराजेय अफरहरू ल्याएको छ।

अफर अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू (जुनसुकै ब्रान्डको भए पनि) ल्याएर तुरुन्तै सवारी मूल्यांकन गराउन सक्नेछन् । मूल्यांकन गर्ने हरेक ग्राहकले QFX चलचित्र टिकट (२ जना) निःशुल्क पाउनेछन्। बेस्ट रिसेल भ्यालु, नगद छुट, र विशेष एक्सचेन्ज बोनस उपलब्ध छन्। केही मोडेलहरूमा रोड ट्याक्स र बीमा कवरेज पनि कम्पनीले नै व्यहोर्नेछ। E-Qute, Bosch Jet Car Washer X3 Pro EV गाडी बुकिङमा आकर्षक उपहारहरू उपलब्ध छन्।

कार्यक्रममा परिवारका लागि मनोरञ्जनात्मक कार्यक्रमहरू, खेलहरू, र संगीत सहितको रमाइलो वातावरण हुनेछ । काईयी एक्सचेन्ज कर्निभल २०८२ ले नेपाली ग्राहकहरूलाई स्मार्ट, सफा र उर्जाशील इलेक्ट्रिक मोबिलिटीमा रूपान्तरण गर्न प्रोत्साहन दिने उद्देश्य राखेको छ।

कम्पनीले यसमार्फत ग्राहकलाई सुविधाजनक, किफायती र उत्सवमय अफरसहित नयाँ युगको सवारी अनुभव दिन चाहन्छ।

कार्यक्रममा निम्न विद्युतीय मोडेलहरू प्रदर्शनमा राखिनेछ:

  • E-Qute 02– सानो, शहरी यात्राका लागि उपयुक्त
  • E-Qute 04– बहुपर्याय प्रयोगका लागि
  • X3 Pro EV– पावर, कम्फर्ट, र सुरक्षासहितको प्रिमियम SUV

काईयी नेपालले सम्पूर्ण विद्युतीय सवारीप्रेमीहरू तथा गाडी फेर्न चाहने सबै ग्राहकहरूलाई यो उत्सवमा सहभागी भई मोबिलिटी र नवप्रवर्तन उत्सवको हिस्सा बन्न अनुरोध गरेको छ ।

काईयी नेपालको बारेमा:
काईयी अटो, चीनको सिचुआन प्रान्तको यीबिन शहरमा मुख्यालय रहेको एक अन्तर्राष्ट्रिय सवारी निर्माता कम्पनी हो। कम्पनीले फ्युल र विद्युतीय दुवै प्रकारका सवारी उत्पादन गरी पूर्वी युरोप, मध्यपूर्व, अफ्रिका र दक्षिणपूर्वी एसियामा निर्यात गर्दै आएको छ। नेपालमा यस कम्पनीका सवारीहरू जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटी प्रा.लि. द्वारा वितरण गरिन्छ।

शुक्रबार, १९ बैशाख २०८२, १६ : २९

प्रतिक्रिया