काठमाडौं— ट्रायम्फको नेपालका लागि आधिकारिक वितरक, हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले “एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम” सफलतापूर्वक सम्पन्न गरेको छ । गत अप्रिल २० देखि २७ सम्म आयोजित आठ दिने यो रोमान्चक यात्रामा ४० जना ट्रायम्फ राइडरहरू सहभागी थिए ।
१ हजार किलोमिटरभन्दा बढीको दुरी पार गर्दै, राइडरहरूले ट्रायम्फको स्पिड ४०० र स्क्र्याम्बलर ४०० एक्समा नेपालको विविध भू–भागहरूमा यात्रा गरे । जसले यी मोटरसाइकलहरूको कठिन र उबडखाबड बाटोमा पनि उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रमाणित गरेको बताइएको छ । यस राइडले नेपालको सांस्कृतिक सम्पदा प्रवद्र्धन, स्थानीय व्यवसायहरूलाई टेवा र दुई पांग्रे पर्यटनको बढ्दो सम्भावनालाई उजागर गर्यो ।
पहिलो दिन राइडको सुरुआत ट्रायम्फ नेपाल शोरुमबाट भयो । बाइकर्स क्याफेमा बिहानको नास्ता पश्चात् राइडरहरू मुग्लिन, हेम्जा हुँदै कुश्मा पुगे । दोस्रो दिन देउराली र टिटी ताल घुम्दै राइडरहरू बेलुकाको बास मार्फा गाउँमा गर्न पुगे ।
तेस्रो दिन जोमसोम नजिकको धुम्बा ताल, लुब्रा पास र निल्गिरी भ्यु पोइन्ट हुँदै हिन्दू तथा बौद्धहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरसम्मको यात्रा सम्पन्न भयो । चौथो दिन चुनौतीपूर्ण मार्ग पार गर्दै राइडरहरू प्राचीन पर्खालले घेरिएको मुस्ताङको राजधानी लो–मान्थाङमा पुगे ।
पाँचौं दिन शिजा झोङ गुफा, कोरला सीमा र अन्नपूर्ण माउन्टेन भ्यु पोइन्टको अवलोकन गर्दै लो(मान्थाङमै बास बसे । छैठौं दिन स्याङबोचे, जोमसोम जस्ता मनमोहक ठाउँ पार गर्दै राइडरहरू तातोपानी पुगेर तातो पानीको कुन्डमा स्नान लिइ विश्राम गरेका थिए ।
त्यस्तै, सातौं दिन हेम्जा, घाँसिकुवा जस्ता रमणीय स्थल हुँदै कुरिनटारमा दिनको अन्त्य भयो । आठौं दिनको यात्रा गल्छी, बिदुर, शिवपुरी हुँदै बाइकर्स क्याफेमा पुगेर ८ दिनको यात्रा सम्पन्न भयो ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापा भन्छन, ‘एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम केवल एक मोटरसाइकल यात्रा मात्र नभएर यात्रामार्फत आजीवन बिर्सिनै नसकिने रोमाञ्चक यादहरु बने ।
प्रतिक्रिया