काठमाडौं— नबिल बैंकले २० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने तयारी गरेको छ।
साविक नेपाल बंगलादेश बैंक र यूनाइटेड फाइनान्ससँग गाभिएको बैंकले ती संस्थामा खोलिएका र लामो समयदेखि संचालनमा नरहेका खाताहरू सक्रिय गर्न आग्रह गरेको हो । बैंकले यस्ता निष्क्रिय खातावालाहरूलाई असार १५ गतेभित्र आफ्नो खाता सक्रिय गराउन आग्रह गरेको छ।
बैंकले दिएको म्यादभित्र खाता सक्रिय नगराएमा ती खाता बन्द गरिने बैंकले जनाएको छ। खातावालाहरू वा उनीहरूका कानुनी हकवालाहरूले आफ्नो पहिचानसहित सम्बन्धित शाखामा सम्पर्क गर्न भनिएको छ।
प्रतिक्रिया