काठमाडौं– स्काईवेलको चितवन डिलरमा एचथ्रीआर नियुक्त भएको छ ।
नेपालका लागि स्काईवेल ईभीको आधिकारिक वितरक जी मोटर्स प्रालिको चितवनको डिलरको रुपमा एक कार्यक्रमका बीच एचथ्रीआर मोटर्सको औपचारिक सुरुवात भएको हो । यसै अवसरमा पहिलो ग्राहकका रुपमा कृष्ण रेग्मीलाई गाडी हस्तान्तरण गरिएको थियो ।
नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि मोटर्स प्रालि रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बजार साख श्रृजना गरिसकेको छ । कम्पनीले एक वर्षअघि नेपालमा स्काईवेलको इटी फाइभ मोडल नेपालमा भित्र्याएको थियो ।
हाल नेपाली बजारमा उपलब्ध इभीमध्ये यो कारले सिंगल चार्जमा ६२० किलोमिटरको सर्वाधिक रेन्ज दिन्छ । रेञ्ज र अत्याधुनिक तथा आकर्षक फिचर्सका कारण नेपाल आएको छोटो समयमै यो इभीले प्रिमियम सेगमेन्टका ग्राहकको ध्यान तान्ने सफलता पाइसकेको छ ।
नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी५ गरी स्काईवेलका तीन मोडल उपलब्ध छन् । नेपालमै सबैभन्दा बढी रेन्ज दिने ईभीको रुपमा स्काईवेल ईभी परिचित छन् । यी ईभीले ४१०, ५२० र ६२० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गर्दै आएको छ ।
प्रतिक्रिया