काठमाडौं- नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको विशेष साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीका सञ्चालक तथा कार्यवाहक अध्यक्ष अजय कुमार मिश्रको अध्यक्षतामा वैशाख २२ गते मैतिदेवीमा सभा सम्पन्न भएको हो ।
सभामा प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले बैंक वित्तीय संस्थाको निष्कृय कर्जा र गैर बैंकिङ सम्पत्ति तिव्र गतिमा वृद्धि भर्रइरहेको र न्यूनिकरणको लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना बारेमा विगतको मौद्रिक निति र हालै सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा आईसकेको जानकारी गराए ।
सभाले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ, जारी पूँजी ५० करोड रुपैयाँ कायम गर्ने र कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णयसमेत भएको छ।
नेक्सजेन म्यानेजमेन्टले विगत एक वर्ष देखि बैंक तथा वित्तीय संस्थाको समस्याग्रस्त ऋणीहरूको कर्पोरेट एडभाइजरको रूपमा काम गर्दै आइरहेको छ । यसले निष्कृय कर्जा नियमित गर्न, पुनः सञ्चालन गर्न तथा विक्रीको लागि पनि सहजीकरण गर्ने गरेको छ ।
सभाको अन्त्यमा अध्यक्ष अजय कुमार मिश्रले विश्वमा धेरै मुलुकमा सम्पत्ति व्यवस्थापन कम्पनीले निष्कृय कर्जा व्यवस्थापन गरी बैंक, वित्तिय संस्थालाई सहज पारेको छ । नेपालको सन्दर्भमा पनि यस्तो कम्पनी सञ्चालनको समय आईसकेको र यस्मा नेक्सजेन म्यानेजमेन्टले अग्रणी भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया