काठमाडौं- मुलुकको समग्र चेम्बर अभियानको ७५औं ऐतिहासिक वर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यस वर्ष हीरक जयन्ती मनाउने भएको छ। यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने चेम्बरले जनाएको छ ।
हीरक जयन्तीलाई भव्यताकासाथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको अध्यक्षतामा हीरक जयन्ती मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ।
साढे सात दशकदेखि क्रियाशील निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि तथा निजी क्षेत्रको व्यावसायिक क्षमताको अभिवृद्धिमा पुर्याएको योगदानलाई यो अवसरमा उजागर गरिने भएको छ।
प्रतिक्रिया