काठमाडौं— “मेरो डिजिटल देश” अभियान अन्तर्गत ईसेवा मनि ट्रान्सफरले भाग्यशाली विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरेको छ।
गत नोभेम्बर २८, २०२४ मा कान्तिपुर टेलिभिजन, ईसेवा मनि ट्रान्सफर र इसेवाका आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको डिजिटल गोलाप्रथामार्फत उक्त विजेता घोषणा गरिएको हो।
रोमानियामा विगत दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अञ्जुला घिमिरे सो अभियानमा भाग लिएर विजेता बन्न सफल भएकी हुन्।
ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले अञ्जुला र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिएका छन्। साथै, उनले “मेरो डिजिटल देश” अभियानप्रति विश्वभर रहेका नेपालीहरूको उत्साहजनक सहभागिताको लागि आभार व्यक्त गरेका छन्।
उनले डिजिटल रेमिट्यान्स प्रणालीमार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको प्रवर्द्धनमा अभियानले पुर्याएको योगदानप्रति पनि प्रसन्नता व्यक्त गरे।
प्रतिक्रिया