काठमाडौं- बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशव्यापी रुपमा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ ।
आज वैशाख २४ देखि २७ सम्मका लागि आयोजना भएको यो अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।
मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिनेछ ।
यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।
थप सुविधाको रुपमा, चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।
एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका निम्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछः
शहर | स्थान |
---|---|
चितवन | बीवाईडी पार्क |
बुटवल | भेल्भेट लक्स होटल |
भैरहवा | बोधी रेडसन |
नेपालगन्ज | बीवाईडी नेपालगन्ज शोरुम |
दाङ | माला इन |
धनगढी | होटल रुबस |
विर्तामोड | टाइमलेस मोमेन्ट्स होटल |
दमक | बीवाईडी शोरुम, दमक |
इटहरी | बीवाईडी शोरुम, इटहरी |
विराटनगर | बीवाईडी शोरुम, विराटनगर |
जनकपुर | बीवाईडी शोरुम, जनकपुर |
लहान | बीवाईडी शोरुम, लहान |
वीरगन्ज | बीवाईडी शोरुम, वीरगन्ज |
पोखरा | रोयल महल बैंक्वेट |
ललितपुर | सत्कार फाइन डाइन |
पेप्सीकोला | म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला |
कोटेश्वर | रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट |
सोल्टीमोड | ल्यान्डमार्क रिसेप्सन |
सातदोबाटो | सेल्सबेरी, सातदोबाटो |
नक्साल | आम्रपाली बैंक्वेट |
‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ ।’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।
प्रतिक्रिया