भेटायोको वार्षिक मर्मत सम्झौता प्याकेज सार्वजनिक

विहीबार, २५ बैशाख २०८२, १० : २०

काठमाडौं- नेपालकै अग्रणी अन–डिमान्ड प्रोफेशनल सर्विस प्लेटफर्म भेटायोले वार्षिक मर्मत सम्झौता प्रदान गर्दै आएको छ । संस्थाले सिटिभिटीद्धारा मान्यता प्राप्त दक्ष प्राविधिकहरुबाट ग्राहकलाई सेवा दिँदै आएको छ । यस प्याकेजमा विशेषगरी ठुला व्यवसायीक ग्राहकहरु लक्षित रहेको छ ।

एपमार्फत नै ग्राहकलाई आवश्यक सेवाहरु बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्री, लगायत १५ भन्दा बढी सेवाहरु उपलब्ध रहेको छ । भेटायो ग्राहकहरुको लागि सबै आवश्यक सेवाहरु एकै ठाउमा पाउन सकिने दरिलो माध्यम हो ।

वार्षिक मर्मत सम्झौता प्याकेज 
यो प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमित रूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो । यो प्याकेज अन्तर्गत ग्राहकले चाहेको कुनैपनि सेवाहरु निश्चित शुल्क लिई सेवा प्रदान गर्दछ ।

यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेटलगायत अन्य व्यवसायीक भवनहरुको लागि तयार पारिएको प्याकेज हो । यसमा ग्राहकले सम्झौता अनुरुप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछ। यो प्याकेज लिएपश्चात सम्झौता अनुरुप सम्बन्धित ग्राहकको सर्विस सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी भेटायोले नै लिनेछ ।

Untitled-1

विहीबार, २५ बैशाख २०८२, १० : २०

प्रतिक्रिया