काठमाडौं— चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स लिमिटेडले १० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको आम्दानी भने ८.९७ प्रतिशतले घटेर ६३ करोड ५१ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा ६९ करोड ७३ लाख रुपैयाँ थियो। प्रशासनिक खर्चमा पनि कमी आएको छ। अघिल्लो वर्षको ९ करोड ५६ लाख खर्च घटेर यस वर्ष ८ करोड ३३ लाख रुपैयाँमा झरेको छ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ भने रिजर्भमा ३ करोड ८१ लाख रुपैयाँ रहेको छ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ७ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ४९ पैसा पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा EPS ७ रुपैयाँ ०३ पैसा र नेटवर्थ ९२ रुपैयाँ ०३ पैसा थियो।
प्रतिक्रिया