टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का

शनिबार, २७ बैशाख २०८२, १३ : २१

काठमाडौं- टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का नियुक्त भएका छन्। खड्का २ वर्षका लागि ब्राण्ड एम्बासेडरमा नियुक्त भएका हुन्। 

विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउनु र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजीकरण गर्नु आफ्नो लक्ष्य रहेको र यही लक्ष्यलाई लिएर नेपाली चलचित्र उद्योगका ख्याति प्राप्त व्यक्तित्व खड्‌कालाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासेडरको रूपमा नियुक्त गरेका टीसीएल ग्लोबल नेपालले बताएको छ । 

खड्काको व्यापक लोकप्रियता, युवा माझको विश्वासयोग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरूलाई अझ बढी प्रेरित गर्ने आशा आफ्नो रहेको र अन्तर्राष्ट्रिय शैक्षिक उत्कृष्टताको दिशामा विद्यार्थीहरूलाई प्रेरित गर्ने आफ्नो दृष्टिकोणलाई साथ दिँदै, युवापुस्तामा लोकप्रिय र सकारात्मक प्रभाव राख्ने व्यक्तित्वले टीसीएल ग्लोबल नेपाललाई प्रतिनिधित्व गर्नु गौरवको विषय रहेको प्रेस विज्ञप्ति मा बताएका छन्।

शनिबार, २७ बैशाख २०८२, १३ : २१

प्रतिक्रिया