काठमाडौं- लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई नेपालले वैशाख २६ गतेदेखि सुरु गरेको केई एक्सचेन्ज कार्निभलको समय वैशाख २९ गते सम्म थपिएको छ ।
ग्राहकको बढ्दो रुचिलाई ध्यानमा राखी समय थपिएको आयोजकले बताएको छ । कार्निभलको दोस्रो दिनले विद्युतीय सवारी साधनप्रेमीहरूलाई थप उत्साहित बनाएको छ ।
कार्निभलमा ग्राहकका लागि ई–क्युट ०२, ई–क्युट ०४ र एक्सथ्री प्रो ईभीलगायतका मोडलमा आकर्षक अफर राखिनुका साथै ई–क्युट गाडी खरिद गर्ने ग्राहकलाई बोश कम्पनीको जेट कार वाशर र एक्सथ्री प्रो खरिद गर्ने ग्राहकले बोशको वासिङ मेसिन सित्तैमा प्राप्त गर्न सक्नेछन्।
कर्निभलले ग्राहकहरूलाई स्मार्ट, किफायती र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्न अभूतपूर्व अफरहरू ल्याएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त कार्निभलले नेपाली ग्राहकहरूलाई सुविधाजनक, किफायती र उत्सवमय तरिकाले विद्युतीय सवारीको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
कार्निभलमा विशेष छुट पाइनुका साथै केईका प्राविधिक विशेषज्ञहरूबाट विद्युतीय सवारीका फाइदाहरूबारे विस्तृत जानकारी लिन र केईका विभिन्न मोडलहरूको टेस्ट ड्राइभ गरी आवश्यकता अनुसारको गाडी छनोट गर्ने अवसर रहेको छ ।
कार्निभल अवधिभर ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी लिएर आउन सक्नेछन्, जसको उचित मूल्यांकन गरी सबैभन्दा राम्रो पुनः बिक्री प्रस्ताव उपलब्ध हुनेछ। साथै, केईले कार्निभल अवधिभर विशेष एक्सचेन्ज बोनस, नगद छुट, सवारी कर तथा बीमाको पूर्ण खर्च कभर गर्ने व्यवस्था गरेको छ।
प्रतिक्रिया