ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत

आइतबार, २८ बैशाख २०८२, १२ : २६

काठमाडौं— ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक मनोविज्ञान श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै पदबाट दिएको राजिनामा स्वीकृत भएको छ।

श्रेष्ठले दिएको राजिनामा बैंकको सञ्चालक समितिको वैशाख २६ गते सम्पन्न बैठकले औपचारिक रूपमा स्वीकृत गरेको बैंकले जानकारी दिएको छ।

श्रेष्ठ केही समयदेखि निजी कारणले सञ्चालक पदमा निरन्तर सक्रिय रहन नसक्ने अवस्था रहेकाले जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेका थिए।

आइतबार, २८ बैशाख २०८२, १२ : २६

प्रतिक्रिया