माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर

सोमबार, २९ बैशाख २०८२, १० : ४७

काठमाडौं- माउन्टेन डिउले ‘पिक्स अफ क्युराज’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ । जसले नेपाली पर्वतारोहणका कम चर्चित शिखरहरू र साहसी पर्वतारोहीहरूको कथालाई उजागर गर्ने उद्देश्य राखेको छ ।

नेपालको निडर जोश र यहाँका लुकेका शिखरहरुको बारेमा जानकारी प्रदान गर्दै यहाँ विद्यमान असाधारण हिमाल आरोहणको विरासतको उत्सव मनाउन पाउँदा गर्व गरेको कम्पनीले बताएको छ ।यस अभियानले आरोहीहरुलाई नेपालको गहन सौन्दर्यको नयाँ तरिकाबाट अनुभव गर्न आव्हान गर्ने र विश्वलाई उनीहरुको आफ्नै साहसको कथा पत्ता लगाउन आमन्त्रण गर्ने जनाइएको छ ।

शुभारम्भमा वरुण वेभरेज नेपाल प्रालिका कन्ट्रि हेड विशाल सिंहले भने, ‘पिक्स अफ क्युराज’ को साथ मामाउन्टेन डिउले ले नेपालका विशाल हिमाल आरोहणहरुको भू–भागलाई प्रकाश पार्नेछ र एडभेन्चरको गहनतम जोशलाई देखाउनेछ, जसले यो देशलाई परिभाषित गर्नेछ । यो अभियान दर्शकहरुलाई नेपाललाई नयाँ साहसिक लेन्सबाट हेर्न आमन्त्रण गर्दै स्थानीय गौरवलाई उत्सवको रुपमा मनाउने हो । हामी यस पहलले जनजीवनमा पार्ने वास्तविक प्रभावको प्रतिक्षामा छौं ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भन्छन्,–‘यो अभियान केवल फिल्म मात्र होइन । यसले मौसमी शेर्पाहरु, स्थानीय आरोही विज्ञहरु, र महत्वाकाँक्षी एडभेन्चरहरु सहितका हिमाल आरोहण समुदायलाई इमर्सिभ डिजिटल कथाबाचन र वास्तविक अनुभवहरुमार्फत् सक्रियरुपमा व्यस्त राख्नेछ । हरेक माउण्टेन ड्युको प्याकमा एउटा क्यु आर कोड हुनेछ, जसले अन्तरक्रियात्मक डिजिटल हब mdpeaksofcourage.com खुलाउनेछ, जसबाट नेपालका ८ हजार र ७ हजार मिटर उचाईका हिम शिखरहरुका बारेमा पद मार्ग, सम्भावित जोखिमहरुको तह, वास्तविक समयको अवस्थाहरु र अमूल्य शेर्पा ज्ञानहरुका बारेमा जानकारी प्रदान गर्नेछ । यो एउटा त्यस्तो विश्वव्यापी मञ्च हो, जहाँबाट साहसिक यात्रा गर्न चाहनेहरुले उनीहरुको अर्को ठूलो आरोहणलाई लिएर सिक्न, योजना बनाउन र तयारी गर्न सक्नेछन् । पर्यटन बोर्डको रुपमा हाम्रो उद्देश्य भनेकै विश्वलाई हाम्रो देशमा आमन्त्रण गरेर जीवनभरको अनुभव प्रदान गराउनु हो र यो सहकायर्ले हाम्रो रणनीतिक परिदृश्यसंग अत्यन्त मेल राख्छ ।’

‘धेरैजसो आरोहीहरुका लागि सगरमाथा मुख्य चुनौती हो । तर जसै हामीले नेपालका भूभागहरुलाई नियाल्यौं हामीले नेपालका धेरै चुनौतीका रुटहरुमध्ये यो एक मात्र रुट अफर गरिएको महसुस ग¥यौं । हामीले मौसम, भू बनौट, शेर्पाहरुको उपलब्धता आदि समेटेर नेपालका शिखरहरुका बारेमा तथ्याँक संकलन ग¥यौं र हरेक रुटको लागि एक एडभेन्चर स्कोर कार्डको रुपमा ‘डाटा स्कोर’ निर्माण ग¥यौं । त्यसपछि हामीले यो जानकारीलाई एक इमर्सिभ अनुभवमा प्याक गर्दैमाउन्टेन डिउ बोतल स्क्यान गरेर हेर्न सकिने बनायौं । यसो गर्नाले पहिलो पटक हामीले एडभेन्चरका शौखिनहरुलाई नेपालका लुकेका भूभागहरु खोज्नका लागि एक रोडम्याप प्रदान गरेर उनीहरुलाई आफ्नै डरलाई चुनौती दिन लगाएका छौं ।’ लियो साउथ एशियाका चिफ क्रियटिभ अफिसर विक्रम पाण्डेले भने।

माउन्टेन डिउका लागि एडभेन्चर भनेको केवल उचाईहरु चढ्न होइन, यो डरलाई जित्नु पनि हो । साहसका शिखरहरुले यो मान्यतामा जोड दिंदै आरोहीहरुलाई आफ्नो अगाडी भएको नयाँ चुनौतीहरुको सामना गर्ने अवसर प्रदान गर्दछ । यसले हिमाल आरोहणका विज्ञहरुलाई नियमित भन्दा पर जान र नेपालको छिपेका रोमाञ्चकारी जोखिमहरुको खोज गर्न हौसला प्रदान गर्दछ ।

सोमबार, २९ बैशाख २०८२, १० : ४७

प्रतिक्रिया