घोराही सिमेन्ट ५५ करोड ४३ लाख घाटामा, वित्तीय खर्चमा वृद्धि

सोमबार, २९ बैशाख २०८२, १५ : ३०

काठमाडौं- घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५५ करोड ४३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनी ६४ करोड २५ लाख घाटामा थियो । गत वर्षको तुलनामा भने कम्पनीलाई कम घाटा भएको छ ।  

सिमेन्ट बिक्रीबाट हुने आम्दानी ३ अर्ब ८ करोडबाट बढेर ३ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको डिफर ट्याक्स ११ करोड ७० लाख रुपैयाँ पुुग्दा घाटा थोरै कम देखिएको छ । वित्तीय खर्च ४१ करोड ८५ लाखबाट बढेर ६८ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । 

४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ छ । ईपीएस १२.१४ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १९०.८० रुपैयाँ छ ।

सोमबार, २९ बैशाख २०८२, १५ : ३०

प्रतिक्रिया