आर्क्स ग्रुपद्वारा स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण

मंगलबार, ३० बैशाख २०८२, १३ : ३३

काठमाडौं- आर्क्स ग्रुपले स्वयम्भू हारती टूर्स एण्ड ट्राभललाई १४ सिट क्षमताको १८ वटा जुबाओ भ्यान हस्तान्तरण गरेको छ ।

सोमबार आर्यन्या बुटिक होटल नागपोखरीमा एक कार्यक्रमको आयोजना गरी ट्राभल्सलाई उक्त भ्यान हस्तान्तरण गरेको हो । 

चीनमा निर्मित उक्त भ्यान अत्याधुनिक इलेक्ट्रोनिक गाडी भएको आर्क्स ग्रुपले जनाएको छ । विशेषगरी सामूहिक यात्रा, सटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त हुने बताइएको छ । 

पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ आरामदायी यात्राका लागि उपयुक्त हुने आर्क्स ग्रुपका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उनले आर्क्स ग्रुपको पूर्ण प्रतिवद्धताका साथ जुबाओ भ्यान नेपाली बजारमा प्रस्तुत गरिएको जानकारी दिए ।

स्वयम्भू हारती टुर्स एण्ड ट्राभलका सञ्चालक उज्जन महर्जनले जुबाओ भ्यान आरामदायी र आकर्षक लागेकोले आपूmहरुले खरिद गरेको जानकारी दिए । उनले मुख्य कुरा यो १४ सिटमा उपलब्ध भएको र नेपालको सडक सुहाउँदो भएको बताए । 

भ्यानमा अन्य केही समस्या नदेखिएको र यसमा यात्रा गर्दा आरामदायी हुने विश्वास आफूले लिएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले भ्यानले यातायातको गुणस्तर सुधार गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने र नेपाललाई दिगो हरित भविष्यतर्फ अघि बढाउन मद्दत गर्ने जानकारीसमेत दिए ।

मंगलबार, ३० बैशाख २०८२, १३ : ३३

प्रतिक्रिया