सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्तानी पाउने

मंगलबार, ३० बैशाख २०८२, १६ : ४४

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।  

सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे मार्फत अब ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका संस्थाहरूलेदेश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन् ।

यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको छ । साथै, यस पेमेंट गेटवेको प्रयोगले आधुनिक प्रविधिको प्रयोग गर्दै कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउनेछ ।

सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेको मुख्य उद्देश्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउनु मात्र नभई बैंकका मर्चेन्टहरूलाई व्यापारिक दृष्टिकोणबाट थप सहयोग पुर्याउनु रहेको बैंकले जानकारी दिएको छ । 

मंगलबार, ३० बैशाख २०८२, १६ : ४४

प्रतिक्रिया