धितोपत्र बोर्डबाट निफ्राले पायो ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति

बुधबार, ३१ बैशाख २०८२, ११ : ३२

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘निफ्रा ऊर्जा डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको हो। निफ्राले अब १ हजार रुपैयाँ अंकित दरमा कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। तीमध्ये ३० लाख इकाइ व्यक्तिगत तबरबाट (private placement) र २० लाख इकाइ सार्वजनिक निष्कासन (IPO) मार्फत लगानीकर्तालाई बिक्री गरिनेछ।

७ वर्ष अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। ऋणपत्र बिक्री तथा बाँडफाँड व्यवस्थापनको जिम्मा एनआईएमबी एस क्यापिटलले पाएको छ।

बुधबार, ३१ बैशाख २०८२, ११ : ३२

प्रतिक्रिया