नेप्सेद्वारा सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण माग

बुधबार, ३१ बैशाख २०८२, १२ : ०१

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई नयाँ अपडेट भएको विवरण माग गरेको छ ।

बुधवार एक सूचना जारी गर्दै नेप्सेले नयाँ अपडेट भएको वित्तीय विवरणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो । सूचना अनुसार वेबसाइटमा प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति तथा वित्तीय विवरण उपलब्ध नगराउने कम्पनीहरूले नोट्स लगइन गरेर सूचना प्रविष्ट गर्नुपर्ने भएको छ । 

नेप्सेको वेबसाइटमा गएर उपलब्ध नोट्स लगइन गरेर सूचीकृत कम्पनीहरूले आफ्नो कम्पनीको विवरणहरू अपलोड गर्नुपर्ने निर्देशन दिएको छ ।सूचीकृत कम्पनीले प्रविष्ट भएका विवरणहरू नेप्सेको वेबसाइटमा मार्फत लगानीकर्तालाई सम्प्रेषण हुने जनाएको छ ।

बुधबार, ३१ बैशाख २०८२, १२ : ०१

प्रतिक्रिया