कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्दै राष्ट्र बैंक, माग्यो निक्षेप प्रस्ताव

बुधबार, ३१ बैशाख २०८२, १६ : ३७

काठमाडौं- नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।

बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ ।

सूचना अनुसार कुल रकम मध्ये ८ करोड ६४ लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि छुटाइएको छ भने ‘ख’ वर्गको विकास बैंकहरुका लागि १ करोड ६२ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुका लागि ५४ लाख रुपैयाँ छुटाइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्नेछन् ।
 

बुधबार, ३१ बैशाख २०८२, १६ : ३७

प्रतिक्रिया