हुन्डाई नेपालद्वारा भैरहवामा क्रेटा ईभी सार्वजनिक : ३० भन्दा बढी बुकिङ, १० ग्राहकलाई हस्तान्तरण

विहीबार, ०१ जेठ २०८२, १२ : ०८

काठमाडौं— नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सिद्धि विनायक मोटोकर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि, भैरहवाको संयुक्त आयोजनामा बुद्ध भिल्ला, मध्यमराममा सम्पन्न उक्त कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा ३० भन्दा बढी क्रेटा EV को बुकिङ कन्फर्म भएको र १० वटा गाडीहरू सोही स्थानबाट ग्राहकलाई हस्तान्तरण गरिएको थियो।

कम्पनीका अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी साधन (EV) बारे रहेका शंका र द्विविधा हटाउन मद्दत गर्नेछ। विशेष गरी स्पेयर पार्ट्सको उपलब्धता, सेवा सुविधा र दीर्घकालीन ब्रान्ड सपोर्टका बारेमा ग्राहकको विश्वास अझ बलियो बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

हुन्डाईको क्रेटा EV र ICE (Internal Combustion Engine) दुबै मोडल एउटै प्लेटफर्ममा आधारित रहेकाले सेवा, पार्ट्स र मर्मतका लागि कुनै अप्ठ्यारो नहुने कम्पनीको दाबी छ। साथै, लक्ष्मी हुन्डाईले EV ईकोसिस्टमलाई सुदृढ बनाउन देशभर ६६ वटा RE-Lax DC र AC चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ। यस अन्तरक्रिया कार्यक्रममा हुन्डाईका उच्च व्यवस्थापन टोलीले प्रत्यक्ष रूपमा ग्राहकहरूसँग संवाद गर्दै गाडीको विशेषता, सेवा तथा ब्रान्ड सपोर्टबारे विस्तृत जानकारी प्रदान गरेका थिए।

कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडलहरूको पनि प्रदर्शनी गरिएको थियो। कम्पनीले यस किसिमका अन्तरक्रिया कार्यक्रमहरू देशका विभिन्न शहरहरूमा निरन्तर गर्दै आएको छ र नेपालभर फैलिएको विक्रि तथा सेवा सञ्जालको माध्यमबाट ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रामा योगदान पु-याउँदै नेपाली बजारमा वातावरणमैत्री प्रविधिलाई प्रवर्द्धन गर्दै जाने अठोट व्यक्त गरेको छ।

विहीबार, ०१ जेठ २०८२, १२ : ०८

प्रतिक्रिया