विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विहीबार, ०१ जेठ २०८२, १५ : ३६

काठमाडौं- ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) बीच सहकार्यका विषयमा छलफल भएको छ । आयोगको सानो गौरचनस्थित कार्यालय बुधबार भएको इमान कार्यसमितिसँगको भेटवार्तामा दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको हो ।

भेटमा आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले ऊर्जा क्षेत्रका समस्या र चुनौती विषयमा जानकारी गराउँदै त्यसको निराकरणका उपायका लागि आयोगले गरिरहेका प्रयासबारे प्रस्ट पारेका छन् । उनले मोनोप्सोनी मार्केटका कारण नेपालको ऊर्जा क्षेत्र थप फस्टाउन नसकेकाले निजी क्षेत्रलाई पनि प्रसारणमा पहुँच दिने पहल भइरहेको बताए ।

‘प्रसारणमा निजी क्षेत्रलाई पहुँच दिनुपर्छ,’ उनले भने, ‘पहिल्यै गर्नुपर्ने यो काम अहिले हामी गरिरहेका छौँ । अब हामी प्रसारणमा निजी क्षेत्रलाई पनि सहभागी गराउने गरी प्रणाली विकास गरिरहेका छौँ । प्रसारणमा पहुँच स्थापित भएपछि निजी क्षेत्रमा पनि एकखालको विश्वास बढेर जान्छ ।’

विहीबार, ०१ जेठ २०८२, १५ : ३६

प्रतिक्रिया