काभ्रेको महाभारत शून्य बेरुजु हुने एक मात्र स्थानीय तह

विहीबार, ०१ जेठ २०८२, १६ : ५२

काठमाडौं- देशभरका ७५३ स्थानीय तह मध्येमा काभ्रेपलाञ्चोकको जिल्लाको महाभारत गाउँपालिका एक मात्र शून्य बेरुजु भएको स्थानीय तह बनेको छ ।

कर्मचारीले सार्वजनिक खरिद ऐन, नियमावली, स्थानीय सार्वजनिक ऐन, नियमावली निरन्तर पालना गरेकोले शून्य बेरुजु भएको गाउँपालिकाले जनाएको छ । 

गत वर्ष महाभारतसहित पाँचवटा स्थानीय तहको शून्य बेरुजु थियो योपटक महाभारतले मात्र यसलाई कायम राख्न सफल भएको हो ।

गत वर्ष शून्य बेरुजु हुने स्थानीय तहमा ताप्लेजुङको पाथिभरा याङवर गाउँपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको बेनीघाट रोराङ गाउँपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिका रहेका थिए । 

विहीबार, ०१ जेठ २०८२, १६ : ५२

प्रतिक्रिया