काठमाडौं– स्काईवेल ईभीको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले ‘स्काईवेल एक्सचेन्ज अफरः अपग्रेड टु स्काईवेल, ड्राइभ लक्जरी ईभी एसयूभी’ क्याम्पेन ल्याएको छ ।
शुक्रबारदेखि सुरु भएको क्याम्पेन सोमबारसम्म चल्नेछ । काठमाडौं उपत्यकाको राधेराधे, भक्तपुर तथा नक्सालका साथै इटहरी, सुनसरी, विराटनगर, पोखरा र चितवनका शोरुममार्फत यो अफर प्राप्त गर्न सकिने छ ।
यस अन्तर्गत जुनसुकै पेट्रोलियम वा ईभी ब्रान्डका पुराना सवारी साधनसँग प्रिमियम रियल ईभी स्काईवेल साट्न सकिने जी मोटर्सका म्यानेजिङ डाइरेक्टर कैलाश बाबु गेलालले बताए ।
आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेको सन्दर्भमा प्रि–बजेट अफरको रुपमा सो क्याम्पेन ल्याइएको कम्पनीको भनाइ छ । यसलाई कम्पनीले ‘नाउ अर नेभर स्किम’ समेत भनेको छ ।
स्काईवेल ईभी किन्नेका लागि हाल विभिन्न अफर समेत उपलब्ध छ । २० प्रतिशत डाउन पेमेन्टमै उपलब्ध हुने सो ईभी किन्दा जोडीका लागि युरोप टुर, बेस्ट एभर एक्सक्लुसिभ भ्याल्यु र स्पेसल क्यास डिस्काउन्ट लगायतका सुविधा समेत उपलब्ध छन् ।
नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी५ गरी स्काईवेलका तीन मोडल उपलब्ध छन् ।
प्रतिक्रिया