नेपाल ल्यूब आयलले ९ महिनामा कमायो ३ करोड बढी खुद नाफा

शनिबार, ०३ जेठ २०८२, १३ : ५५

काठमाडौं- नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १०१.२४ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले १ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

चैतसम्म आइपुग्दा यस कम्पनीको आम्दानी ८२ करोड २७ लाखबाट बढेर ८९ करोड ५३ लाख पुगेको छ । बिक्री लागत ७१ करोड २१ रुपैयाँ छ । यसको सञ्चालन नाफा ३ करोड ९७ लाख रुपैयाँबाट बढेर ४ करोड ८१ लाख रुपैयाँ कायम भएको छ । 

यस अवधिमा कम्पनीको वित्तीय खर्च २ करोड ६३ लाखबाट घटेर २ करोड ११ लाख कायम भएको छ । आम्दानीमा बढ्दा र खर्च कम हुँदा नाफामा सुधार देखिएको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २७ करोड ८२ लाख देखिएको छ । यसको प्रतिसेयर आम्दानी ३५.४१ पैसाबाट बढेर ६०.२९ रुपैयाँ छ । 

शनिबार, ०३ जेठ २०८२, १३ : ५५

प्रतिक्रिया