काठमाडौं- एनआईसी एसिया बैंकले आफ्नो केन्द्रीय कार्यालय सरेको छ । बैंकको थापाथलीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८ स्थित कमलादीमा सरेको हो ।
बैंकले करिब एक महिना अघि नै नयाँ भवनमा सरेर आफ्ना उच्च तहका गतिविधिहरू त्यहीबाट सञ्चालन गर्दै आएको छ । नयाँ कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितका अधिकांश विभागहरू सरेका छन् ।
थापाथलीमा रहेको पहिलेको कार्यालय अब एनआईसी एसिया क्यापिटलको कार्यालयका रूपमा प्रयोग गरिने जनाइएको छ ।
प्रतिक्रिया