विराटनगरमा होन्डाको फ्री सर्भिस क्याम्प र टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

आइतबार, ०४ जेठ २०८२, १६ : १७

काठमाडौं — नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विराटनगरमा ३ दिने फ्री सर्भिस क्याम्प र होंडा इलेभेट गाडीको टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगरस्थित होन्डा अटोरााइज्ड सर्भिस सेन्टर ‘सुबेधा अटो सर्भिस सेन्टर’ मा आयोजित सो कार्यक्रममा विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायत क्षेत्रका ग्राहकहरू लक्षित गरिएको थियो।

कार्यक्रममा होन्डाका ग्राहकहरूलाई श्रम शुल्कमा २०५ प्रतिशत छुट, पार्टपुर्जामा ७५ प्रतिशत छुट, ल्युब्रिकेन्टमा ५५ प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ।

साथै कम्पनीले तोकेअनुसार सन् २००१ देखि २०१४ सम्मका मोडलमा पर्ने गाडीहरूमा होन्डा सेफ्टी रिकोल अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तनसमेत गरिएको छ। भविष्यमा पनि यस्ता सेवा तथा सुविधायुक्त कार्यक्रम आयोजना गरिने कम्पनीले जानकारी दिएको छ।

आइतबार, ०४ जेठ २०८२, १६ : १७

प्रतिक्रिया