काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकहरुले बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
बैंकले ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिदै आएको छ ।
प्रतिक्रिया