काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टबीच छुट सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकहरूले विभिन्न सेवा उपभोग गर्दा विशेष छुटको लाभ लिन सक्नेछन्।
बैंकका अनुसार ग्राहकहरूले होलिडे इन रिसोर्ट काठमाडौंमा बैंकको डेबिट क्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा फूड तथा सफ्ट बेभरेजमा १५ प्रतिशत सम्मको छुट पाउनेछन्।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा नगद कारोबार घटाउन यस्ता सहकार्यलाई महत्व दिएको जनाएको छ। यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानीको प्रयोगमा उत्प्रेरणा दिने विश्वास बैंकले लिएको छ।
सम्बन्धित सुविधाको बारेमा थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सक्नेछन् ।
प्रतिक्रिया