नेपाल टेलिकमको नाफा ४८.६७ ले घट्यो, प्रतिसेयर आम्दानीमा पनि गिरावट

सोमबार, ०५ जेठ २०८२, ११ : ४५

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफा घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष यही अवधिमा ४१ रुपैयाँ ०२ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी अहिले घटेर २१.०५ रुपैयाँ कायम भएको छ । 

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४६.०२ प्रतिशत घटेको छ भने कुल आम्दानी ८.८९ प्रतिशत घटेको छ ।

हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने ५०३.९३ रुपैयाँ रहेको छ ।

सोमबार, ०५ जेठ २०८२, ११ : ४५

प्रतिक्रिया