काठमाडौं– कुमारी बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ५ सय २८ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।
उक्त सेयर खरिद गर्ने इच्छुक सेयरधनीहरुले सुचना प्रकाशित मितिले ३५ दिन भित्रमा आवेदन दिनुपर्नेछ । आवेदन दिनका लागि बैकको सेयर रजिष्टार कार्यालय वा प्रधान कार्यालय काठमाडौं–२ टंगालमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया