सिटिजन्स बैंकका ग्राहकले क्लब टेनएक्समा छुट सुविधा पाउने

सोमबार, ०५ जेठ २०८२, १६ : १८

काठमाडौं- सिटिजन्स बैंक र ठमेलस्थित क्लब टेनएक्सबीच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीहरूले क्लब टेनएक्समा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकका अनुसार यस किसिमको सहकार्यले ग्राहकहरूलाई लाभान्वित गर्नुका साथै नगद कारोबार घटाई डिजिटल कारोबारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

सिटिजन्स बैंकले समय–समयमा डिजिटल माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न विविध ग्राहकमैत्री सुविधा ल्याउँदै आएको छ ।

डिजिटल भुक्तानी गर्दा पाइने छुट तथा सुविधाबारे थप जानकारी बैंकको आधिकारिक वेबसाइट हेर्न सुकिने बैंकले जनाएको छ।


 

सोमबार, ०५ जेठ २०८२, १६ : १८

प्रतिक्रिया