ओमोडा एन्ड जेइकोद्वारा ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक

सोमबार, ०५ जेठ २०८२, १६ : २४

काठमाडौं- नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ नामसहित सीमित अवधिको लागि एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।

यो योजना जेठ १० गतेसम्म ‘ओमोडा ई–फाइभ’ र ‘जेइको जे–सिक्स’ मोडलहरूमा लागू हुनेछ । यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको कम्पनीको भनाइ छ । 

‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ अन्तर्गत ग्राहकहरूले विभिन्न फाइदाहरूको मज्जा लिन सक्नेछन् जसमा निःशुल्क १ वर्षको बीमा, एउटा निःशुल्क ७ किलोवाटको चार्जर र ब्याट्रि र मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टि समावेश रहेको छ । 

८० प्रतिशत फाइनान्सिङ सहित मात्र रू ५५,९९,००० बाट सुरू हुने गाडीहरूको डेलिभरि, जेठ १७ अघि नै निश्चित गर्ने ग्राहकहरूको लागि उत्साहजनक पुरस्कारहरूको व्यवस्था गरिएको कम्पनीको भनाइ छ । जसअनुसार गाडी डेलिभरि गरिएकाहरूमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी ५ भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

सोमबार, ०५ जेठ २०८२, १६ : २४

प्रतिक्रिया