काठमाडौं— आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले प्रेमदरवार होटलमा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
आईएमई लाइफ र प्रेमदरबार प्रालिबीच भएको सम्झौताअनुसार बीमित, अभिकर्ता तथा कर्मचारीहरूले प्रेमदरवार होटलको जिपलाइन टिकटमा ५० प्रतिशत र अन्य सम्पूर्ण सेवामा ३५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
छुट सुविधा प्राप्त गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ भने अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीद्वारा जारी गरिएको आधिकारिक परिचय पत्र पेस गर्नुपर्नेछ।
जिपलाइन टिकट खरिदका लागि सेवाग्राहीले प्रेमदरवार होटलको टिकट काउन्टरमै सम्पर्क गर्नुपर्ने व्यवस्था गरिएको छ। कम्पनीले उक्त सुविधा सहज र प्रभावकारी बनाउने उद्देश्यले ‘प्रिभिलेज कार्ड’ प्रणाली सुरु गरेको जनाएको छ।
प्रतिक्रिया