पल्सर एन १२५ बिर्तामोडमा सांगीतिक कार्यक्रमबीच लन्च हुँदै

मंगलबार, ०६ जेठ २०८२, १० : ४१

पल्सर एन१२५ झापा, बिर्तामोडमा पल्सर सांगीतिक कार्यक्रमसहित लन्च गरिने भएको छ । 

नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । 

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझमार्फत गरिने भएको हंसराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ । 

जेठ ६ गते साँझ ६ः३० बजेदेखि खड्का कम्प्लेक्स, बिर्तामोडमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। 

कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री, र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछिन् ।  

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५  हो, जसमा १२४.५८अअ एयर–कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ किलोवाट पावर र ११ Nm टर्क उत्पादन गर्दछ।  यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, “एन१२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।”

मंगलबार, ०६ जेठ २०८२, १० : ४१

प्रतिक्रिया