काठमाडौं- नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस ईटेरोन ९ पिकअप’ सार्वजनिक भएको छ ।
अटोमोबाइल व्यवसायी आकाश गोल्छा, कम्पनीका प्रबन्ध निर्देशक सौरब थापा लगायतले एक कार्यक्रमबीच पिकअप सार्वजनिक गरेका हुन् । पिकअप सार्वजनिकसँगै ‘एयर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको प्रबन्ध निर्देशक सौरब थापाले बताए ।
यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । ‘म्याक्सस ईटेरोन ९ पिकअप’लाई काठमाडौंदेखि मनाङसम्मको यात्रासहित मनाङमा भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
३,५१९ मिटर (११,५४५ फिट) उचाइमा अवस्थित मनाङ जिल्लामा आयोजित कार्यक्रमले नेपालको जस्तोसुकै विकट भौगोलिक संरचनामा पनि यो विद्युतीय सवारीसाधन उपयुक्त छ भन्ने कुरा प्रमाणित गरेको छ ।
नेपालको इतिहासमै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअपको आधिकारिक रुपमा सार्वजनिक भएको हो । एग्रेसिभ लुक भएको यो पिकअप नेपालमा आयात हुने कुनै पनि अन्य पिकअप भन्दा हरेक कुरामा अब्बल रहेको कम्पनीको दाबी छ।
प्रतिक्रिया