संवेदनशील कागजात तथा विवरण सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

मंगलबार, ०६ जेठ २०८२, ११ : १७

काठमाडौं- नेपाल राष्ट्र बैंकले संवेदनशील कागजात तथा विवरण सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

बैंकले मंगलबार वित्तीय सचेतनाका लागि सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो। व्यक्तिगत संवेदनशील विवरण अरुलाई दिनुअघि सोच्न र प्रयोगमा उच्च सतर्कता अपनाउन पनि केन्द्रीय बैंकले सुझाव दिएको छ।

पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, परिचयपत्र, क्रेडिट कार्ड, डेबिट कार्डजस्ता आफ्ना निजी तथा संवेदनशील कागजात एवं विवरण जोकोहीलाई फोटो खिचेर पठाउने, सामाजिक सञ्जालमा अपलोड गर्ने, ई–मेल गर्ने, फोटोकपी दिनेजस्ता कार्यले सर्वसाधारणको संवेदनशील तथा व्यक्तिगत सूचना साइबर अपराध र वित्तीय ठगी गर्ने गिरोहसम्म पुग्न सक्ने र यसले व्यक्तिगत सुरक्षामा असर पुग्ने भन्दै  बैंकले सर्वसाधारणलाई सचेत गराएको हो । 

मंगलबार, ०६ जेठ २०८२, ११ : १७

प्रतिक्रिया