एभरेष्ट बैंकको १३२ औं शाखा सिन्धुलीमा विस्तार

मंगलबार, ०६ जेठ २०८२, ११ : ४६

काठमाडौं— एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुली जिल्लामा नयाँ शाखा स्थापना गरेको छ।

कमलामाई नगरपालिका–६ मा उद्घाटन गरिएको यो शाखा बैंकको १३२ औं शाखा हो भने बागमती प्रदेशमा कुल शाखा संख्या ४७ पुगेको छ। नव स्थापित शाखाको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा कमलामाई वडा नं. ६ का वडा अध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुबेदी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका अन्य कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा मेयर पोखरेलले बैंकको उपस्थितिसँगै स्थानीयवासीहरूले गुणस्तरीय सेवा तथा सन्तुलित लगानीको अपेक्षा गर्न सक्ने बताए। त्यस्तै, सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले सिन्धुली शाखामार्फत सबल, सरल, उत्कृष्ट तथा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

एभरेष्ट बैंकले पछिल्ला वर्षहरूमा शाखा विस्तारसँगै डिजिटल सेवा, ग्राहकमैत्री पहुँच र नविनतम प्रविधिको प्रयोगमार्फत ग्रामीणदेखि शहरी भेगसम्म वित्तीय पहुँच पुर्‍याउँदै आएको छ।

मंगलबार, ०६ जेठ २०८२, ११ : ४६

प्रतिक्रिया