एससीटी–युपिआई कार्डबाट भुक्तानी गर्दा हेल्थी च्वाइस अस्पतालमा छुट पाउने

मंगलबार, ०६ जेठ २०८२, १३ : २६

काठमाडौं- हेल्थी च्वाइस एस्थेटिक अस्पताल र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच छुट सम्झौता भएको छ। जसअनुसार एससीटी–युपिआई कार्ड प्रयोग गरेर अस्पतालमा भुक्तानी गर्नेले सबै अफरमा थप ५ प्रतिशत छुट पाउने भएका छन्।

कार्डमार्फत पीओएस मेसिनबाट भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल र दन्त सेवाहरूमा हुने अफरमा ५ प्रतिशतसम्मको अतिरिक्त छुट पाइनेछ।

यस्तै ओपीडी परामर्श, ईमप्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, कपाल प्रत्यारोपण, एमआईएफयूआरएफ, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल लगायतका सेवामा २.५ प्रतिशत छुट पाइनेछ।

एससीटी–युपिआई कार्ड ५ ‘क’, ६ ‘ख’, ११ ‘ग’ वर्गका बैंक वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाबाट लिन सकिने एससीटीले जनाएको छ।

मंगलबार, ०६ जेठ २०८२, १३ : २६

प्रतिक्रिया