काठमाडौं- हालै सर्वसाधारणलाई आईपीओ जारी गरेको ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले साधारणसभा बोलाउने निणैय गरेको छ । कम्पनीले आगामी असार ६ गते चितवनस्थित उद्योग परिसरमा बिहान ११ बजेदेखि ९औं वार्षिक साधारणसभा आह्वान गरेको हो।
साधारणसभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण अनुमोदनका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सञ्चालक समितिको पुनर्गठन, सञ्चालकहरूको भत्ता तथा सुविधा निर्धारण, दुई जना सर्वसाधारण तर्फका सञ्चालकको निर्वाचन, साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावहरू पनि सभामा पेश गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन्।
प्रतिक्रिया