काठमाडौं- एभरेष्ट कलर लिमिटेडको विशेष साधारणसभा आज सम्पन्न भएको छ । विशेष साधारणसभा भक्तपुरको कौशलटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले जारी पुँजी वृद्धि गरी रु ३० करोड र सो पुँजीको २६.३३ प्रतिशत (७,९०,००० कित्ता) सेयर रु १०० का दरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
यसअघिको वार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँ आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । आज सम्पन्न विशेष साधारणसभाले आईपीओको प्रतिकित्ता मूल्य संशोधन गरी पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।
त्यसैगरी सभाले स्वतन्त्र संचालकमा कपिल देव महत्तोलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समीतीका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारण सभाले संचालक समितिले प्रस्ताव गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।
कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले डबल बी माईनस रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया