यूरो एनक्यापको क्र्यास टेस्टमा एमजी एस५ ले पायो ५ स्टार सेफ्टि रेटिङ

विहीबार, ०८ जेठ २०८२, १२ : २०

काठमाडौं- एमजीको नयाँ विद्युतीय एसयुभी एस५ ले यूरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार सेफ्टि रेटिङ पाएको छ । 

नेपाली बजारमा पनि बिक्री हुँदै आएको एस५ ले एडल्ट अकुपेन्टमा ९० प्रतिशत, चाइल्ड अकुपेन्टमा ८२ प्रतिशत, सडक प्रयोगकर्ताको सुरक्षाका लागि ८२ प्रतिशत र सेफ्टि असिष्टमा ७८ प्रतिशत नतिजासहित ५ स्टार रेटिङ हासिल गरेको हो ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको यो एस एसयुभीले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ । 

यसमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । 

विहीबार, ०८ जेठ २०८२, १२ : २०

प्रतिक्रिया