विर्तामोडमा पहिलोपटक बजाज ग्रान्ड एक्सचेन्ज मेला, पुराना बाइकमा उच्चतम भ्यालुएसन

विहीबार, ०८ जेठ २०८२, १५ : ५८

काठमाडौं– बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता मेची पावर मोबाइल ट्रेडले पहिलो पटक ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ।

मेलाको आयोजना जेठ ४ गतेदेखि ९ गतेसम्म विर्तामोडस्थित वान स्टप मल अगाडि (खड्का कम्प्लेक्स सँगैको खाली जग्गामा) हुनेछ।

कम्पनीका अनुसार ग्राहकहरूले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरू फाइनान्स गर्न सक्ने छन्। साथै, शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, १० हजार रुपैयाँसम्म अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज, र आकर्षक छुट सहित यो योजना उपलब्ध हुनेछ।

मेची पावर मोबाइल ट्रेडका निर्देशक मनोज वंशलका अनुसार विर्तामोडमा पहिलो पटक हुन लागेको यस मेला अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना बाइकहरूको उचित र उच्चतम मूल्यांकन पाउने छन्। यसका लागि विशेष भ्यालुएटरहरू समेत मेलामा उपस्थित हुनेछन्, जसले बाइकको न्यायोचित मूल्याङ्कन गरी १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन दिनेछन्।

यसअघि मोटरसाइकल खरिद गर्दा आवश्यक पर्ने घर जग्गाको लालपुर्जा, पानीरबिजुलीको बिल, र आय स्रोतको प्रमाणपत्र जस्ता कागजातको झन्झटलाई हटाउँदै कम्पनीले सिधै नागरिकतामा आधारित फाइनान्स प्रक्रिया ल्याएको छ। ग्राहकले १ घण्टाभित्र लोन पास गरी सरल किस्ताबन्दीमार्फत बाइक किन्न सक्नेछन्।

बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको साझेदारीमा आयोजित यो मेला नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना अन्तर्गत पर्दछ। जुनसुकै कम्पनीका पुराना स्कुटर वा बाइकहरू लिएर ग्राहकले नयाँ बजाज मोडलहरू सजिलै किन्न सक्ने छन्।

विहीबार, ०८ जेठ २०८२, १५ : ५८

प्रतिक्रिया