काठमाडौं- टिभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको मेलाको उद्घाटन शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले गरेका हुन् । जेठ ७ देखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुनेछ ।
मेलाको बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका मार्केटिङ प्रमुख सन्दीप शर्माले मेला अवधिभर ग्राहकले पुरानो सवारीको न्यूनतम मूल्यांकन रू. ३० हजार सम्मको सुनिश्चित प्राप्त गर्ने बताए ।
उनका अनुसार मेलामा ३० भन्दा बढी डिलर र ५० भन्दा बढी रीकन्डिसन हाउसको सहभागिता रहेको छ । मेलामा ग्राहकले रू ८ हजार सम्मको नगद छुट, रू १० हजारसम्मको थप मूल्यांकन पाउनेछन् ।
शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा रहेको मेलामा नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।
नयाँ बाईक किन्न चाहने ग्राहकसहित पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभीएसको सवारी खरिद गर्न चाहनेहरुका लागि यो मेला विशेष अवसर हुन सक्ने शर्माको भनाई छ ।
‘मेलामा टिभीएसका विभिन्न सेग्मेन्टका मोडेलहरु प्रदर्शित रहेका छन् । यसमा पनि प्रिमियम सेग्मेन्टमा टिभीएस रोनिन र टिभीएस अपाचेका बाईक, कम्प्युटर सेग्मेन्टका टिभीएस रेडर र टिभीएस रेडिएस विशेष रुपमा प्रस्तुत गरिएको छ’, मार्केटिङ प्रमुख शर्माले भने, ‘यी ब्राण्डका स्कुटर र बाइक साट्न वा नयाँ लिने ग्राहकका लागि यो मेला विशेष अवसर हुन सक्छ ।’
जेठ १२ गतेसम्म चल्ने मेलाको दोस्रो दिनमा ग्राहकको उपस्थिति सन्तोषपूर्ण नै रहेको थियो । मेलामा कम्प्युटर सेग्मेन्टमा एउटा स्कुटर पनि लञ्च हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया