काठमाडौं- प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंकका ग्राहक तथा कर्मचारीले होटलमा उपलब्ध विभिन्न सेवामा आकर्षक छुट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
इला कम्फर्ट होटल एण्ड रिसोर्टका महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड, साथै अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको आवास सेवामा छुट तथा खाना र मनोरञ्जन सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
इला कम्फर्ट होटल बाग्लुङको पर्यटकीय गन्तव्यहरूमध्ये एक हो, जहाँबाट बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका स्थानहरूमा सहज पहुँच पाइन्छ। पोखरा–बाग्लुङ–म्याग्दी क्षेत्रका लागि बढ्दो पर्यटकीय चासोलाई मध्यनजर गर्दै बैंकले यस्तो सहकार्य अघि बढाएको बताइएको छ।
प्रभु बैंकका अनुसार, “बैंकका ग्राहकहरूलाई थप सुविधा दिनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटलसँगको सहकार्य गरिएको हो।” बैंकले यस्ता सहकार्यलाई भविष्यमा पनि अन्य गन्तव्यमा विस्तार गर्ने योजना बनाएको छ।
प्रतिक्रिया