जनकपुरमा पनि बजाज ग्रान्ड एक्सचेन्ज मेला, नागरिकताकै भरमा बाइक

आइतबार, ११ जेठ २०८२, १६ : ४६

काठमाडौं- जनकपुरका लागि आधिकारिक बिक्रेता ॐ अटोमोबाइल्स प्रालिले पहिलो पटक जनकपुरमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । 

जेठ १६ गतेसम्म जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाम, धनुषा आयोजना हुने सो मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन्। 

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ । ॐ अटोमोबाइल्स प्रा लि को दाबी अनुसार जनकपुरमा नै पहिलो पटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन । 

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन्। 

जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाममा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । 

यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने छन्।

आइतबार, ११ जेठ २०८२, १६ : ४६

प्रतिक्रिया