एमएडब्लू वृद्धि स्पीड चार्जर्सद्वारा जोमसोममा उच्च स्थानको पहिलो ईभी स्टेसन उद्घाटन

आइतबार, ११ जेठ २०८२, १७ : ०९

काठमाडौं– एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालकै सबैभन्दा उचाइमा अवस्थित पहिलो इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेशन जोमसोममा स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरेको छ। 

यो उपलब्धिले नेपालको ईभी पूर्वाधार विकासमा नयाँ मापदण्ड तय गर्दै पर्यावरणमैत्री यातायातको सम्भावनालाई अझ बलियो बनाएको छ।

जोमसोमको कठिन भौगोलिक संरचना र पर्यटकीय महत्वलाई मध्यनजर गर्दै स्थापित यो स्टेशन केवल इन्जिनियरिङ सफलताको उदाहरण मात्र नभई दिगो विकास र हरित पर्यटनको दिशामा अग्रगामी कदम समेत हो।

ईभी प्रयोगकर्ताहरूलाई यस्तो उच्च स्थानमा पनि सहज, भरपर्दो र सुरक्षित चार्जिङ सेवा उपलब्ध गराउँदै एमएडब्लू वृद्धिले देशभर ११६ स्थानमा आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ।

यो पहलले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुका साथै पर्यटन क्षेत्रमा हरित विकल्पहरू उपलब्ध गराएर वातावरणीय संवेदनशीलतालाई प्राथमिकता दिएको देखिन्छ।

एमएडब्लू स्पीड चार्जर्स नेपालकै पहिलो विद्युतीय सवारी साधन चार्जिङ नेटवर्क हो, जसले स्मार्ट, स्वच्छ र पहुँचयोग्य चार्जिङ समाधानमार्फत दिगो मोबिलिटीको परिकल्पनालाई व्यवहारमा उतार्ने लक्ष्य लिएको छ।

आइतबार, ११ जेठ २०८२, १७ : ०९

प्रतिक्रिया