काठमाडौं – टीभीएसको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले स्ट्राइकर १२५ को नयाँ संस्करण सार्वजनिक गरेको छ । काठामाडौंको भृकुटीमण्डपमा जारी ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ को अवसरमा नयाँ मोटरसाइकल लन्च गरिएको हो ।
नयाँ स्ट्राइकर १२५ मा सुविधाजनक लक की, युएसबी चार्जिङ पोर्ट, नयाँ रेसिङ लाइनिङ, ड्युल स्प्रिङ सस्पेन्सन, डिजिटल स्पिडोमिटर, रोपेटल डिस्क ब्रेक, एलईडी टेललाइट र स्टाइलिस ट्याङ्क डिजाइन जस्ता महत्वपूर्ण विशेषताहरू समावेश गरिएका छन्, जसले यसलाई अझ आकर्षक बनाएको छ ।
१२५ सिसी क्षमताको इन्जिन जडित यस नयाँ संस्करणको मुल्य नेपाली बजारमा २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । उत्कृष्ट पावर तथा पर्फमेन्स, उच्चतम मााइलेज र प्रतिस्पर्धात्मक मुल्य जस्ता विशेषताका कारण यसले नेपाली बजारमा छिट्टै सफलता पाउने कम्पनीको भनाई छ ।
प्रतिक्रिया