काठमाडौं- चीनको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले चीनमा विशेष छुट अफर सार्वजनिक गरेको छ ।
कम्पनीले आगामी जुन महिनको अन्त्यसम्मको लागि ल्याएको स्कीममा गाडी खरिद गर्न चाहने ३४ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
चिनियाँ उत्पादकले आफ्नो २२ मोडलमा १० देखि ३४ प्रतिशतसम्म छुट घोषणा गरेसँगै चीनको अटोमोबाइल बजारमा ठूलो तरंग उत्पन्न भएको हो ।
बीवाइडीले डाइनेष्टी र ओसियन सिरिजका भेहिकलहरुमा १० देखि ३० प्रतिशतसम्म छुटको अफर ल्याएको छ । कम्पनीले ओसियन सिरिजको सिगलमा २०.६ प्रतिशत, डल्फिनमा २२.०४ प्रतिशतदेखि सिल–०७ डीएमआईमा ३४.०२ प्रतिशत छुट अफर गरको हो ।
त्यस्तै कम्पनीले डाइनेष्टी सिरिजको युवान प्लस (एटो ३) मा १०.३६ प्रतिशत, युवान अप (एटो २) मा १५.०३ प्रतिशत छुट अफर गरको छ । कम्पनीले डायनेष्टी सिरिजमा क्वीन प्लस डीएमआईमा सबैभन्दा धेरै २०.०५ प्रतिशतको छुट अफर गरेको छ ।
प्रतिक्रिया